पोखरामा कारको ठक्करबाट जिएमसीका दुई विद्यार्थीको मृत्यु

हिमाली आवाज । पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई विद्यार्थीको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोक तर्फ जाँदै गरेका बि एए ००४१ नम्बरको नीजि कारले बिपरित दिशाबाट आउदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा जिरो निवासी २४ वर्षीया भावना बरालको मृत्यु भएको हो । मृतकहरु लेखनाथ अर्घोस्थित गण्डकी मेडिकल कलेजमा विडिएस(ब्याचलर इन डेन्टल सर्जन) मा अध्ययनरत रहेको कलेजले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते दुबै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments
Loading...