पोखरा १२ मा मन्टेश्वरी तालिम सुरु

हिमाली आवाज । पोखरा महानगरपालिका–१२ मा तीन महिने मन्टेश्वरी तालिम सुरु गरिएको छ । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रको आयोजनामा ३३० घन्टाको तालिम संचालन गरिएको हो ।

पोखरा महानगरपालिका–१२ को समन्वयमा तालिम कार्यक्रम गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । “तालिमले वडा भित्रका नागरिकलाई सीप सिक्नको लागि अवसर प्राप्त हुनेछ ।” वडाध्यक्ष बास्तोलाले भन्नुभयो ।

तालिम संचालन कृष्ण प्रसाद थापाले गर्नुभएको थियो । त्यस्तै अन्य वक्ताहरु लेखा अधिकृत तारा बहादुर रायमाझी, वडा सदस्य गोबिन्द बहादुर सिग्देल र सान्त बहादुर थापाले बोलेका थिए भने सिप विकास तालीम केन्द्रका मन्टेश्वरी प्रशिक्षक सीता अधिकारी वाग्ले लगायतले प्रशिक्षण दिनुभयो । राज्यको लगानी खेर जान नदिन तालिमले सहयोग पुग्ने सीप बिकास तालिम केन्द्रका प्रमुख लक्ष्मी भद्र वाग्लेले बताउनुभयो ।

Comments
Loading...