पोखरामा नगर प्रहरी माथि हातपात गर्ने व्यवसायी घिमिरे पक्राउ

हिमाली आवाज । ड्युटीमा रहेको नगर प्रहरी माथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरी माथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्द प्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटक पटक त्यसो नगर्न आग्रह गर्दा समेत अटेर गरेपछि नगर प्रहरीले सामान हटाउन लाग्दा उनी आक्रमणमा उत्रिएका हुन् ।

“उहाँलाई हामीले पटक पटक फुटपाथ खालि गर्न आग्रह ग¥यौँ, तर उहाँले सधैँ अटेर गर्नुभयो, नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भन्नुभयो,सामान हटाउन खोज्दा अपशब्दले गाली गर्नुभयो र प्रहरीको गाडी मै आएर हातपात गर्नुभयो ।” हाल नगर प्रहरीले बजार क्षेत्रको फुटपाथ खालि गर्ने अभियान चलाइरहेको छ ।

Comments
Loading...