माछापुच्छ्रेमा वशिष्ठ गोत्र (दवाडी)हरुको कुल पूजा तथा पितृउद्धार एकाहाको तयारी

हिमाली आवाज । वशिष्ठ गोत्र दवाडीहरुको कुल पूजा तथा पितृ उद्धार एकाहाको तयारी गरिएको छ ।

वशिष्ठ गोत्र (दवाडी) कुल मन्दिर व्यवस्थापन समिति माछापुच्छ्रे गाउँपालिका वडा नं ६ को आयोजनामा  यही पुस १० गते भिँडाबारी स्थित कुलमन्दिरमा पूजाको तयारी गरिएको हो ।

कुल पूजा तथा एकाहा  सम्पन्न गर्नका लागि कृष्णकुमारी दवाडीको संयोजकत्वमा २९ सदस्सीय पूजा व्यवस्थापन मूल समिति गठन गरिएको छ । त्यसैगरी विभिन्न सात वटा उपसमितिहरु समेत गठन भएका छन् । संयोजक दवाडीका अनुसार यही मंसिर २७ गते पूजाका लागि चौको चिन्न जग राख्ने कार्यक्रम राखिएको छ ।त्यसैगरी पुस १ गते पितृ उद्धारका लागि नारनवली हुनेछ ।

संयोजक दवाडीले भन्नुभयो,“पुस ९ गते पूर्वाङ्ग गर्ने र १० गते एकाहा पुराण तथा कुल पूजा हुनेछ । पूजामा सहभागिताका लागि देशभर छरिएर रहनुभएका सम्पूर्ण दवाडी बन्धुवान्धवहरुलाई निमन्त्रणा गरेका छौँ ।”

पूजाका प्रचार प्रसार उपसमितिका संयोजक मोहन दवाडीले तयारीका काम तीव्र रुपमा अघि बढाइएको बताउनुभयो । उहाँले नेपालभरि रहेका बशिष्ठ गोत्र दवाडीहरुलाई पूजामा सहभागिता गराउने गरी प्रचार प्रसार गरिएको बताउनुभयो ।

“हामीले विभिन्न माध्यमबाट पूजाको सूचना पठाएका छौँ । कुल पुजा तथा पितृ उद्दार यज्ञ एकाहा  पूजा ब्यवस्थापन मुल समिति तथा विभिन्न उपसमितिहरु पनि निर्माण  गरेर तयारी गरेका छौँ । कास्कीबाट विकसित भएका सबै दवाडी दाजुभाईहरुलाई पूजामा सहभागी हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ । ” दवाडीले भन्नुभयो ।

Comments
Loading...