पोखरा—१२ का ज्येष्ठ नागरिकलाई वडाले गरायो करर्पुटारमा सतविज छर्ने व्यवस्था

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं. १२ ले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका वृद्धवृद्धाहरुलाई लमजुङ जिल्लाको कर्पुटारमा सतविज छर्ने व्यवस्था मिलाएको छ ।

विशेषगरि वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि आज विशेष दिन पारेर निशुल्क रुपमा वडाले कर्पुटार लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।

ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेटनै छुट्याएर कार्ययोजना बनाएको र सोही अनुसार वडासचिव सहित ज्येष्ठ नागरिक टोलीलाई कर्पुटार पठाईएको वडाले जनाएको छ । ज्येष्ठ नागरिक धार्मिकस्थल अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत सो व्यवस्था गरिएको हो ।

वडाध्यक्ष वास्तोलाका अनुसार वडाले यसअघि ज्येष्ठ नागरिकको घरघरमा  पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण वर्षमा कम्तिमा पनि दुई पटक निःशुल्क गर्ने व्यवस्था गर्दै आएको छ ।

पोखरा महानगरपालिका वडा नं. १२ ले यसअघि पनि बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

Comments
Loading...