काठमाडौँमा यातायातमन्त्रीलाई बाहिर निकालेर गाडीमा आगजनी

हिमाली आवाज । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि आगजनी गरिएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले मन्त्री सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्।

उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्नुभएको थियो । मन्त्री ज्वाला र र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए ।

ईपीएस आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको छ ।

Comments
Loading...