विश्वकै ठूलो टोपीलाई लेकसाईड परिक्रमा गराएर टोपी दिवस मनाईयो

हिमाली आवाज । ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवत विश्वकै ठुलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ।

“हाम्रो टोपी हाम्रो सान“भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवसमा यसपाली सम्भवत विश्वकै ठूलो ढाका टोपीलाई हल्लनचोक देखि फिस्टेल गेट सम्म परिक्रमा गराईएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताउनुभयो ।

नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमाउक्त ढाका टोपीलाई परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो।

२५ औं पोखरा सडक महोत्सव चलिरहंदा प्रतिष्ठानले नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान, संबर्द्न र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्नका लागि उक्त र्र्याली आयोजना गरेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

प्रतिष्ठानले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, महानगरका वडाध्यक्षहरु, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ लगायत अंग्रेजी नयाँवर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत नेपाली टोपी लगाएर नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।

विगत १० वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँवर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपीदिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका अध्यक्ष भण्डारीको भनाई छ ।

Comments
Loading...