मिलनसार सहकारीको साधारणसभा, पत्रकार पौडेललाई सम्मान

हिमाली आवाज । मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुुभयो ।

कार्यक्रममा वडा अध्यक्ष अधिकारीले सामाजिक जागरणका क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुुभयो ।
सहकारीहरू उत्पादनसँग जोडिनुपर्ने बताउँदै उहाँले त्यसबाट स्वरोजगार सिर्जना गर्न सकिने बताउनुुभयो ।

सहकारीका अध्यक्ष मनमाया मगरले सहकारीले सदस्यहरूको आर्थिक विकासका लागि सहकारीको मूल्य मान्यतामा आधारित रही उद्यमशीलतामा जोड दिएको बताउनुुभयो । सदस्यहरूलाई बचत र लगानीमा सहयोग पुु¥याउँदै यस क्षेत्रको कृषि पशुपालन तथा आयमुलक एवम् उत्पादनमुलक काममा सहयोग पुु¥याउने उद्देश्य राखिएको उहाँले बताउनुुभयो ।

कार्यक्रममा समाचार सम्प्रेषणका माध्यमबाट विशिष्ट योगदान पुु¥याएको भन्दै राष्ट्रिय समाचार गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको थियो । उक्त अवसरमा सहकारी सञ्चालनको विभिन्न विधामा सहयोग पुु¥याउने व्यक्तिलाई पनि सम्मान गरिएको थियो । सहकारीले ज्येष्ठ शेयर सदस्यका रुपमा चन्द्रमाया कामी, चुलमाया गुुरुङ र केशरी माया पौडेललाई सम्मान गरिएको थियो ।

त्यस्तै असल ऋणितर्फ श्रीमाया फेवाली, प्रेरणा पुन, देवीमाया नेपाली, लक्ष्मीदेवी आचार्य, विष्णुुमाया खत्री, निर्मला लामिछाने र फुुलमाया भुुजेल सम्मानित बन्नुुभएको छ ।
त्यस्तै उत्कृष्ट अनुशासित समूहमा जयकाली आयआर्जन समूह, उत्कृष्ट बालबचत कर्तातर्फ कृञ्जल गुुरुङ र अमन श्रेष्ठ, उत्कृष्ट बचततर्फ सगरमाथा महिला समूह र खरिमा पुुन, बेसार बजार व्यवस्थापनमा विष्णुमाया अधिकारी र शान्तिदेवी अधिकारी, बेसार कुटानी पिसानीतर्फ मनमाया मगरलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष मनमाया मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विन्दुु चापागाइँले गर्नुुभएको थियो भने स्वागत उपाध्यक्ष सरस्वती अधिकारीले गर्नुुभएको थियो । कार्यक्रममा भरतपोखरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारी, भरतपोखरी साना कृषि सहकारी संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारी, वडा सदस्य विनोदवावु भण्डारी, चित्रबहादुर गुरुङ, तुुलसीमणि अधिकारी, देवीमाया आचार्य, शिवराज अधिकारी, सहकारीका व्यवस्थापक कर्णकुमारी महत लगायतले बोल्नुुभएको थियो ।

 

Comments
Loading...