जनयुद्धका शहीदद्धय कास्कीका छवि र मुनाकी आमाको निधन

हिमाली आवाज । जनयुद्धका शहीदद्धय छवि अधिकारी र मुना अधिकारीकी ममतामयी आमा मन्धरी अधिकारीको निधन भएको छ ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ निवासी अधिकारीको हिजो राति ८२ वर्षको उमेरमा निधन भएको हो ।

स्व अधिकारीको आजनै हेमजास्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजकाजी गुरुङले स्व अधिकारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । त्यस क्रममा नेकपा(माओवादी केन्द्र)का जिल्ला तथा अन्नपूर्ण गाउँपालिकाका नेता कार्यकर्ताहरुले स्व अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

जनयुद्धका क्रममा छवि अधिकारीको विसं २०५९ मा कास्कीको मकैखोलामा र मुनाको विसं २०६० चैतमा आर्वाविजयमा तत्कालीन सुरक्षाफौजले निशस्त्र अवस्थामा कब्जामा लिएर गोली हानी हत्या गरेको थियो । शहीद छवि तत्कालीन समयमा नेकपा(माओवादी) कास्कीको प्रभावशाली नेता हुनुहुन्थ्यो ।

Comments
Loading...