माछापुच्छ्रे गाउँपालिकालाई पुन हिल कप भलिबलको उपाधि,पुरुषतर्फ समिर सुनचाँदी च्याम्पियन

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका भलिबल संघले पोखरामा सञ्चालन भएको पुनहिल कप भलिबलको उपाधि जितेको छ ।
प्रतियोगिताको शनिबार सम्पन्न महिलातर्फको फाइनलमा माछापुच्छ्रे गाउँपालिकाले पुन समाज कावासेतीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।

माछापुच्छे्रले पहिलो सेटमा २५–८ को सहज निकाल्दा दोस्रो सेट १७–२५ ले गुमायो । तेस्रो सेट २५–१७ ले र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि चुमेको हो । माछापुच्छे्रले ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा कावासेतीले ३३ हजार ३३३ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

भेट्रानतर्फको फाइनल खेलमा पोखरा भेट्रानले सिद्धीकाली शुक्लागण्डकीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुम्यो । पोखरा भेट्रानले पहिलो सेट २६–२४ र दोस्रो सेट २५–१३ ले जितेपनि तेस्रो सेटमा २८–३० को हार व्यहो¥यो । चौथो सेटमा २५–२१ को जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

पोखरा भेट्रानले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।विधागत पुरस्कारमा समेत माछापुच्छे्रको एक्लौटी रह्यो ।

महिलातर्फ सर्वोत्कृष्ट खेलाडी माछापुच्छे गाउँपालिकाकी कविता गर्वुजा पुन घोषित हुनुभयो । उहाँ उत्कृष्ट स्पाइकर समेत घोषित हुनुभयो । यस्तै उत्कृष्ट ब्लकर ममता राना, उत्कृष्ट लिफटर निरु पुन र उत्कृष्ट डिफेन्स सरिना गुरुङ घोषित हुनुभयो । कावासेतीकी धिमा पाइजा उत्कृष्ट सेटर घोषित हुनुभयो । । भेट्रान तर्फ सन्तोष श्रेष्ठ , ब्लकर रविन केसी, डिफेन्डर गुप्तराज गुरुङ, सेटर भीम बहादुर गुरुङ र स्पाइकर सन्तोष श्रेष्ठ घोषित हुनुभयो ।

पुरुषतर्फको फाइनल खेलमा समीर सुनचाँदीे टसमा विजयी भयो । पुरुषतर्फको खेलको खेल प्रकाश अभावका कारण रोकिएपछि अन्तिम टुंगो टसमार्फत भएको हो ।

पुरुषतर्फ ले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेटमा समीर सुनचाँदीेले २५–२० को नतिजा निकालेको थियो । तर प्रकाश अभाव भएपश्चात खेल स्थगित भएसँगै निर्णय टस मार्फत भएको हो ।

पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेभएपनि पुरस्कार राशी भने आधा आधा बाडेका छन् ।

Comments
Loading...