हिमालय माबिको ५२ औं वार्षिकोत्सव,पत्रकार सिग्देल सम्मानित

हिमाली आाज । हिमालय माध्यामिक विद्यालय , पोखरा २० मौजाको ५२ औं वार्षिकोत्सव अभिभावक दिवस पुरस्कार वितरण, शिलालेख अनावरण तथा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम शुक्रवार एक समारोहकाबीच सम्पन्न भएको छ ।पोखरा महानगर पालिका वडानं २० का वडाध्यक्ष गंगा बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा प्रमुख अतिथि अध्यक्ष केसीले विद्यालयको शैक्षिक स्तर उकास्न बिद्यार्थी शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले दिन प्रति दिन गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको प्रति चिन्ता गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष बिद्यालयले मनाएको स्वर्ण महोत्सवका अवसरमा आर्थिक सहयोग प्रदान गर्ने ब्यक्ति तथा संघ संस्थाको नाम उल्लेखित शिलालेखको अनावरण गरिएको थियो । साथै स्वर्णमहोत्सव स्मारिका विमोचन समेत गरिएको थियो भने विभिन्न क्षेत्रमा रहेर बिधालयको स्वर्ण महोत्सवमा सहयोग गर्न महानुभावहरुलाई सम्मानित गरिएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा फेवापोष्ट साप्ताहिकका सहायक सम्पादक श्रीराम सिग्देललाई सम्मान गरिएको छ । सम्मानित पत्रकार सिग्देल  साढे दुई दशकदेखी पोखराको पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

पत्रकारिताको माध्यमबाट विद्यालयको शैक्षिक उन्नयन लगायतमा खेलेको भूमिकाप्रति सिग्देललाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।सो अवसरमा विद्यालयलाई सहयोग गर्ने अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा हिमालय माध्यामिक विद्यालय स्वर्ण महोत्सव मूल आयोजक समिति संयोजक सु. हुमबहादर गुरुङ, स्मारिका प्रकाशन उपसमिति संयोजक राम गुरुङ्ग , स्मारिका प्रकाशन उपसमिती सदस्य तथा प्राध्यापक कमल गुरुङ्ग, स्वर्ण महोत्सव अर्थ उपसमिति संयोजक क्या . हिम्मत गुरुङ्ग, सिता आधारभुत विद्यालय का प्रधानाध्यापक ईन्द्रप्रसाद बाँस्तोला, विद्यालयका पूर्व प्रअ शेषकान्त आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा शिक्षिका राधा आचार्य सिग्देल तथा विद्यार्थी हेमानी नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक डोलराज रेग्मीले कार्यक्रम सम्चालन गर्नुभयो । कार्यक्रम मा बिध्यार्थीहरूद्वरा विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

Comments
Loading...