पोखरामा एथरको इलेक्ट्रिक स्कुटर भित्रियो, डिलर बन्यो अटोवेज

हिमाली आवाज । पोखरामा एथरको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले एथर ब्राण्डलाई पोखरामा ल्याएको हो ।

पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा एथर शोरुम स्थापना गरिएको छ । सो शोरुमको आज एक कार्यक्रमकाबीच अटोवेज प्रालिका कार्यकारी निर्देशक नारायण पौडेलले उद्घाटन गर्नुभयो ।

बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुर पछि पोखरामा आजदेखी बिक्रि वितरण सुरु गरिएको हो । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माघ बढिरहेको छ ।

विशेष गरी, आटोवेज प्रा। लिले टोयोटाको डिलरको रूपमा पनि बिगत २० वर्ष भन्दा अगाडि देखि पोखरामा सेवा दिइरहेको छ । पोखरामा पहिलो डिलरसंगै सेर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिलेनै स्थापित भएका छन् । आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा चार्जिङ स्टेशन रहेका छन्। थप दुई चार्जरहरू शीघ्र सञ्चालनमा ल्याइने योजना रहेको बताइन्छ ।

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा पोखरामा उपलब्ध हुनेछ । जसमा २।९ किलोवाट आवर र ३।७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्ने अटोवेज प्रालिका निर्देशक सन्ध्या पौडेलले बताउनुभयो ।

उहाँका अनुसार एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

Comments
Loading...