पोखराका पत्रकार रमेश र नेल्टा अध्यक्ष सहदेवलाई मातृशोक

हिमाली आवाज । पोखराका पत्रकार रमेश पौडेललाई माृतशोक परेको छ ।

रेडियो बाराहीका प्रबन्ध निर्देशक, नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष समेत रहेका पौडेलकी ममतामयी आमा इन्द्रकला पौडेलको सोमबारको मध्यरात १२ः४४ बजे कुस्मा ९ कटुवा चौपारी ज्ञादी स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्व पौडेलका पाँच छोराहरु (स्व. खगेन्द्र पौडेल, प्रेमनारायण पौडेल, जयशर्मा पौडेल, रमेश पौडेल र नेल्टा गण्डकी अध्यक्ष सहदेव पौडेल) हुनुहुन्छ । यसैगरी दुई छोरीहरु (सीता सापकोटा र विना अधिकारी) हुनुहुन्छ ।

स्वर्गीय पौडेलको आज (मंगलबार) विहान ११ बजे पर्वतको कालिगण्डकी स्थित मोदीबेनी घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक श्रोतले बताएको छ ।

Comments
Loading...