हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिको अध्यक्षमा नवराज बराल सर्वसम्मच चयन हुनुभएको छ । सो संस्थाको आज सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकाल का लागि बरालको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा सूर्यप्रसाद बराल र भद्रीमाया बराल, सचिवमा भोजराज बराल, सहसचिवमा जगदिश बराल तथा कोषाध्यक्षमा बुद्धिप्रकाश बराल चयन हुनुभयो ।यसैगरी कार्यसमिती सदस्यहरुमा घनश्याम बराल , कृष्ण प्रसाद बराल, नारायणप्रसाद बराल, बिनोद बराल, भोजराज बराल, तारा बराल र सकुन्तला परियार रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १३ का अध्यक्ष किरण बराललले महाप्रभुधाम नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल रहेकाले महाप्रभुधामको संरक्षणमा सबै एक भएर जुट्नु पर्ने बताउनुभयो ।

उहाँले यसको संरक्षणका र विकासका लागि गुरुयोजना तयार भएको र केही दिनमा पोखरा महानगर पालिका सँगको सहकार्यमा सार्वजनिक गरिने जानकारी दिनुभयो ।
महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको अधिवेशनमा बिशेष अतिथि वरिष्ठ मुर्तिकार विष्णुप्रसाद बरालले महाप्रभुधाममा अर्धनारेश्वर ॐ को विशाल मुर्ती बनाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार श्रीराम सिग्देल, समाजसेवी योगराज बराल, समितिका पूर्व सचिव युवराज बराल, निर्वाचन समितिका संयोजक बसन्त शर्मा अधिकारी, सदस्यद्वय बिमलबहादुर बराल तथा लिलादत्त बराल लगायतले आर्वाको डाँडामा रहेको महाप्रभुधामको बिकाशमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य कृष्ण प्रसाद बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव भोजराज बरालले गर्नुभएको थियो ।