हिमाली आवाज । आदर्श टोल विकास सस्था पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सोमनाथ अधिकारी चयन हुनुभएको छ ।
संस्थाको शनिबार पुन ः गठित प्रथम अधिबेशन तथा दोस्रो साधारणसभाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो ।
सस्थाको उपाध्यसक्षमा कृष्ण प्रसाद पौडेल चयन हुनुभयो । यस्तै सचिवमा कबिता अर्याल गौतम, कोषाध्यक्षमा सुरज श्रेष्ठ, ससचिबमा मैना देवी रावत लम्साल, रहनुभएको छ ।
यस्तै सदस्यहरुमा विर बहादुर सुनार, सन्देश गौतम, पुरुषोतम न्यौपाने, गौमति थापा, राम बहादुर सुनार, दुर्गा पहारी, इन्द्र बहादुर नौमाग, रजनि परियार, उषा गुरुङ, बाबुकाजी श्रेष्ठ र बुद्दि बहादुर क्षेत्री रहनुभएको छ । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

संस्थाको अधिबेशनमा उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न ६का टोल समन्वय समितिका संयोजक गिरीराज अधिकारीले वडा न ६ रहेको २७ वटा टोल विकास संस्थाहरु मध्य आर्दश टोल सुधार संस्था अरु भन्दा पृथक रहेको बताउनुभयो ।
पोखरा महानगर पालिका वडा नं ६का वडा सदस्य बासु बरालले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित अन्धविकासको बारेका जनचेतना फैलाउन आग्रह गर्नुभयो ।
समितिमा सदस्य विर बहादुर विश्वकर्माले सदस्यहरुको क्षमता विकास गर्नेे तालिम र अभिमुखीकरण जस्ता कार्यक्रमहरु ल्याउन नवगठित समितिलाई आग्रह गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष अधिकारीले अगामि दिनहरुमा सदस्यहरुको आर्थिक स्तर सुर्धान वडा कार्यलय सगँ समन्वय गरेर सिलाइ कटाइ, सिङ्कके धुप र मैनबत्ती बनाउने तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
अध्यक्ष धर्म बहादुर सुनार सभाअध्यक्षतामा भएको कार्यक्रममा सदस्य सन्दिप विश्वकर्मा लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिनुभएको थियो ।