गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीद्धारा दाबी पेस

हिमाली आवाज ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा(एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दावी पेश गर्नुभएको छ ।

अधिकारीले  आफ्नो पार्टी नेकपा(एमाले), माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको हो ।  गण्डकीको ६० सदस्सीय प्रदेशसभामा एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे एक गरी ३१ जनाको बहुमत पुग्दछ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही चैत २० गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले एक साताको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

Comments
Loading...