गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

हिमाली आवाज । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा९एमाले० संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले केही बेर अघि अधिकारीलाई संविधानको धारा एक सय ६८ को उपधारा दुई अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । अधिकारीले नियुक्तिको पत्र बुझिसक्नुभएको छ । यससँगै अधिकारी दोस्रो पटक मुख्यमन्त्री बन्नु भयो । उहाँ यसअघि विसं २०७९ पुसमा पहिलोपटक मुख्यमन्त्री बन्नुभएको थियो ।

अधिकारीले आफ्नो पार्टी नेकपा९एमाले०, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि आजनै प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो ।

नेपाली काँग्रेसले भने सभामुख कृष्णप्रसाद धिताललाई समेत मुख्यमन्त्री नियुक्तिमा बहुमत पुर्याउन गणना गरिएको भन्दै आपत्ति जनाएको छ ।अधिकारीको दावी असंवैधानिक भएको भन्दै कांग्रेस सांसदहरू निवेदन लिएर प्रदेश प्रमुखकहाँ पुगेका थिए ।

गण्डकीको ६० सदस्सीय प्रदेशसभामा एमालेका २२, माओवादीका सभामुख सहित ८ र मनाङे एक गरी ३१ जनाको बहुमत पुग्दछ ।गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही चैत २० गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले एक साताको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

Comments
Loading...