कास्कीका तीन पालिकाले दिए भोली ट्होटेँको बिदा

हिमाली आवाज । कास्कीका तीन वटा स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा भोली(चैत २७) गते स्थानीय बिदा दिएका छन् ।

जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु तथा स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक बाहेकको सम्पूर्ण सेवाहरु बन्द हुने पालिकाहरुले जनाएका हुन् ।
स्थानीय तहहरुले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेँको शुभकामना समेत दिएका छन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘ट’े भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ ।

विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत, लगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रुपमा ट्होटे मनाउने गर्दछन् ।

यसैबीच तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटेँ पर्व मनाउने तयारी गरेको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षहरुमा झैं यस वर्षपनि बाजागाजा, झाँकी, सहित पोखरा नयाँबजारबाट ¥याली निकालिने र सभागृहमा समारोह आयोजना गरिएको जानकारी दिनुभयो ।

Comments
Loading...