पोखरामा भएको दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

हिमाली आवाज । पोखरामा आज विहान भएको दुर्घटनामा परी आठ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराको राष्ट्रबैंक चोकमा हाइस माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोकिँदा हाइसमा सवार १३ जना चिनियाँ पर्यटक मध्ये आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस ठोक्किएका हुन् ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइतेहरु सबैको अवस्था खतरामुक्त रहेको बताइन्छ ।

स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत पुगेको बताइन्छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Comments
Loading...