किवानिजका युवाले ‘बेरी लाउन्ज’ पोखरामा सञ्चालनमा ल्याए

हिमाली आवाज । पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघि अनौपचारिक रुपमा सेवा सुरु गरेको बार शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन मिल्ने युवा व्यवसायीले व्यावसायिक रुपमा अर्काे सहकार्य गरेको बताउनुभयो।

यसमा करिब २ करोड लगानी भएको छ । शनिबार ग्रान्ड ओपनिङपछि विभिन्न सांगीतिक कार्यक्रम, लाइभ म्युजिकसमेत हुने सञ्चालक सुमेश बास्तोलाले बताउनुभयो । पोखराको न्युरोडमा अन्यत्रको तुलनामा गुणस्तरीय र सस्तो दरमा सेवा दिने उद्देश्यले लाउन्ज सञ्चालन गरेको क्लब अध्यक्ष सुवास अधिकारीको भनाइ छ ।

यहाँ सस्तो मूल्यमा गुणस्तरीय खाना र पेय पदार्थहरु उपलब्ध गराउने लक्ष्य छ । कफी सफ र स्वादिष्ट खानासँगै ७० जना क्षमताको हल र २ सय जनासम्मलाई पार्टी दिन सक्ने क्षमता रहेको अधिकारीले सुनाउनुभयो ।

Comments
Loading...