गण्डकी अस्पतालका सबै सेवा भोलीको सार्वजनिक बिदामा समेत खुला रहने

हिमाली आवाज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सम्पूर्ण सेवा भोली वैशाख ११ गतेको सार्वजनिक बिदाको दिनमा समेत खुला हुने भएको छ ।

सरकारले कतारका राजा सेख हमाम विन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा भोली बुधबार मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अस्पतालले आकस्मिक रुपमा घोषणा भएका सार्वजनिक विदाका दिनमा सेवा सुचारु गर्दै आएको र भोलीको विदामा समेत अस्पतालका सम्पूर्ण सेवा सुचारु रहने अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारबाट पूर्व प्रकाशित सार्वजनिक बिदाहरु बाहेक, आकस्मिक बिदामा नियमित जसरी सबै सेवाका साथै पूर्व निधारित अपरेशन, एम आर आई, सिटी स्क्यान लगायत महत्वपूर्ण नियमित सेवाहरु सुचारु हुनेछन् ।

“आकस्मिक विदा घोषणा हुँदा अपरेशन गर्नुपर्ने मिति लामो समयदेखी कुरेर बसेका सेवाग्राही प्रभावित हुने भएकाले महत्वपूर्ण नियमित सेवाहरु सञ्चालन हुनेछ ।”भट्राईले भन्नुभयो ।

पूर्वनिर्धारित बाहेकका विदाका कारण उपचार सेवा प्रभावित हुन नदिनका लागि प्रष्ठिानको विसं २०७९ फागुन १५ गतेको निर्णयअनुसार विदामा सेवा सञ्चालनमा ल्याइएको हो ।

Comments
Loading...