पोखरामा बस र स्कुटर ठोक्किदा स्कुटरको पछाडि बसेकी युवतीको मृत्यु

हिमाली आवाज । पोखरामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । पोखरा अन्तर्राष्ट्यि विमानस्थल अगाडि मंगलबार राति ८ बजेको समयमा पोखराबाट काठमाडौँ जादै गरेको बा १ प १३३८ नं. को बस र सोही दिशा तर्फ जादै गरेको ग २४ प ३२९५ नं. को स्कुटर ठक्कर खाएको थियो ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजार बस्ने १९ वर्षीया खुशी प्रधान घाइते भएकामा उपचराको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । घाइते प्रधानलाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको लगिएकोमा ८ः३५ बजे डाक्टरद्वारा मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

स्कुटर चालक पोखरा महानगरपालिका वडा नं. ७ सिमलचौर बस्ने २१ वर्षीया दिपिका गुरुङ र बस चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नं १३ का ३९ वर्षीय विष्णु श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

Comments
Loading...