मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा,काँग्रेसको विरोध

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आजको प्रदेशसभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको हालैको फैसलालाई आधार मान्दै ६० सदस्सीय प्रदेशसभामा सभामुख बाहेक ३० मतलाई बहुमत मान्दै मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको थियो ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा रहेको सभामुखले घोषणा गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले भने संविधान विपरीत सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेको भन्दै बैठकमा नारावाजी गरेका थिए । सभामुखको घोषणा विरुद्ध नेपाली काँग्रेसले कानुनी उपचारको बाटो खोज्ने भएको छ ।

सभामुखजस्तो जिम्मेवार भूमिकाबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पु¥याउनका लागि संविधानको खिलापमा कार्य गरिनु दुःखद भएको काँग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो ।

Comments
Loading...