हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री अधिकारीले आफ्नो दलबाट नेकपा(एमाले)बाट दुर्ई मन्त्री थप गर्नुभएको हो ।
कास्कीका बेदबहादुर गुरुङ उर्जा जलस्रोत तथा खानेपानी मन्त्री र स्याङ्जाका सीता सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
उहाँहरुले साँझनै प्रदेश प्रमुख डिल्लीराज भटट्सँग पद तथा गोपनीयताको शपथ लिनुभयो।