पोखराका पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान

हिमाली आवाज । पोखराका पत्रकार स्व त्रिभुवन पौडेललाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान स्व पौडेलका जीवनसंगिनी प्रतिभा अधिकारीलाई प्रदान गर्नुभयो ।

वरिष्ठ पत्रकार सम्मानको राशी रु दुई लाख छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका स्व पौडेलको विसं २०७९ माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गएको थियो । यसैगरी वरिष्ठ पत्रकार सम्मानबाट बाह«खरी डटकमका प्रधानसम्पादक प्रतिक प्रधान समेत सम्मानित हुनुभयो ।

यसैगरी सोही अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत हुनुभयो ।

Comments
Loading...