हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) आज पोखरा आउनुभएको छ । उहाँ साँझ ५ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो ।

प्रधानमन्त्रीलाई विमानस्थलमा गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, नेकपा(माओवादी केन्द्र) का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज दीननाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी(कुमार),प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका केन्द्रीय सदस्यहरु लगायतले स्वागत गर्नुभएको थियो ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले बुधबार विहान ११ः०० बजे पोखरासभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि यहाँ आउनुभएको माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो । त्यसअघि उहाँ विहान ९ः०० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुनुहुनेछ ।