हिमाली आवाज । स्क्वायर मोटर्स प्रालिले पोखरामा आफ्नो नयाँ टिभिएस शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको आज पोखरा महानगरका प्रमुख धनराज आचार्यले औपचारिक उद्घाटन गर्नुभयो ।
पोखरामा खोलिएको टिभिएस शोरुम पोखराका स्थापित व्यवसायीद्धय आदर्शमान श्रेष्ठ र विनोज पोटेले सञ्चालनमा ल्याउनुभएको हो । टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले केहीदिन अघि मात्र कास्की जिल्लाका लागि टिभिएसको बिक्रेतामा स्क्वायर मोटर्सलाई नियुक्त गरेको थियो ।
शोरुम उद्घाटन गदैै पोखरा महानगर प्रमुख धनराज आचार्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीहरुलाई महानगरले सदैव साथ दिने प्रतिवद्धता जनाउनुभयो । पर्यटकीय शहर पोखराको सौन्दर्य र वायु प्रदुषण हुन नदिका लागि समेत विद्युतीय सवारीको खाँचो उहाँले औँल्याउनुभयो ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटरका आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ । जसमा विभिन्न टिभिएस मोडेलहरू उपलब्ध गराइने स्क्वायर मोटर्स प्रालिका कार्यकारी अध्यक्ष आर्दशमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार टिभिएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ ।
स्क्वायर मोर्टसले पोखराको नयाँ बजारमा सुबिधा संम्पन्न शोरुम सहित स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारका लागि पोखराको पसर््याङ्गमा सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना गरेको कुरा कम्पनीका कार्यकारी निर्देशक बिनोज पोटेले जानकारी दिनुभयो । पोखरामा टिभिएसलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सको छ ।
जगदम्बा मोटर्स नेपालमा टिभिएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको टिभिएसको मार्केटिङ प्रमुख धनीराम भुसालले बताउनुभयो ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको भुसालको भनाई छ ।