हिमाली आवाज । धितोपत्र दोस्रो बजारमा हालसम्मकै उच्च मूल्यको कारोबार भएको छ । नेप्सले आज ऐतिहासिलक कारोबार गरेको हो । आज २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ । बढ्दो मार्केटमा उच्च कारेवार भएपछि शेयर लगानीकर्ता खुशी भएका छन् । पोखराका सक्रिय लगानीकर्ता श्रीराम गौतमले उच्च मूल्यको कारोबारले सबैलाई खुशी दिएको बताउनुभयो । उहाँले आगामी दिनमा यो भन्दा ठूला ठूलो रेकर्ड बन्दै जाने उल्लेख गर्नुभयो ।