उपत्यकाका तीन जिल्लामा साउन २० गते सार्वजनिक बिदा(सूचना सहित)

हिमाली आवाज । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सरकारले साउन २० गते सार्वजनिक बिदा दिएको छ ।मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका लागि गृह मन्त्रालयले साउन २० गते तीन जिल्लामा बिदा दिने निर्णय गरेको हो।

काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार सार्वजनिक बिदा हुनेछ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर साउन २० गते तीन जिल्लामा सार्वजनिक बिदा दिइएको उल्लेख गर्नुभयो ।

Comments
Loading...