हिमाली आवाज । पोखरा १६ स्थित बाटुलेचौरमा यस वर्ष पनि ऐतिहासिक बाटुलेचौर तीज मेला हुने भएको छ।
परम्परागत रूपमा हुदै आइरहेको तिज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा तीज मेलाको आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिनुभयो ।
वडा कार्यालयले पुर्ब आयोजक संस्था हिमालय क्लब,बाताबरण संरक्षण क्लब, नागरिक समाज, विन्ध्यवासिनी मा.बि. का प्रतिनिधी तथा मेलाका पुर्व संयोजकहरु समेतको उपस्थितिमा मेला संचालन सम्बन्धि छलफल गराएको थियो।उक्त छलफलले पनि महिलाहरुको बिशेष चाड भएकाले महिला समूह मार्फत कार्यक्रम गर्न सुझाव दिएको र सोही अनुरूप मेला संचालन गर्न लागिएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको बताए।राजा कुलमण्डल शाहको शासनकाल तिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाइ बिश्रामस्थलको रुपमा प्रयोग गरि गित मार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाइ लिएका थिए।

स्थानिय बडहरबोट आमा समूह आयोजक रहने मेलाको सह आयोजकका रुपमा वडा भरिकै आमा समूह रहने आयोजक समूहकी अध्यक्ष कमला तिमिल्सिनाले बताउनुभयो ।
बडा प्रतिनिधी तथा स्थानियहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडा भरिका महिलाहरु उत्साहित रहेको उहाँको भर्ना छ । ।बडा स्थित महिला, बालबालिका तथा अपागं लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पाएकी जन प्रतिनिधी राजकुमारी बानियालाई भेलाले उक्त कार्यक्रमको संयोजकमा चयन गरेको छ। संयोजक बानियाँले सवैको सहयोग र सहकार्यवाट ऐतिहासिक तिज मेला सम्पन्न गर्नेगरी तयारी शुरु गरिएको बताउनुभयो ।
सामाजिक बिभेद बिरुद्द सामाजिक रुपान्तरण अभियन्ता तथा दलित महिला सदस्य मन्जु नेपालीले मेलामा बिभिन्न समूह बिच तिज गित प्रतियोगिताको साथमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता पनि गरिने जानकारी दिनुभयो । ।राष्ट्रीय ह्याण्डबल खेलाडी बिशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता संचालनका लागी समेत तयारी भइरहेको छ ।
वडा शिक्षा समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष तिमिल्सिनाले कार्यक्रम उदघाटनकै अवसरमा वडा भित्रका उत्कृष्ट बिद्यालय सम्मान कार्यक्रमका साथ विद्यावारिधि गरेका बडा भित्रका नागरिकहरुलाइ शैक्षिक सम्मान समेत गरिने हिमाली आवाजलाई जानकारी दिनुभयो।