गण्डकीका व्यापारीले सामसुङ मोवाइल पसलको डिस्प्लेबाट हटाउने, बिक्री नगर्ने

हिमाली आवाज । नेपाल मोबाइल व्यवसायी महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै गण्डकी प्रदेशभरका व्यवसायीले सामसुङ मोवाइल बिक्री नगर्ने भएका छन् । साथै उनीहरुले पसलको डिस्प्लेबाट हटाउने र बिक्री नगर्ने निर्णय लिएका छन् ।

पोखरासहित प्रदेशका ११ वटै जिल्लाका मोबाइल व्यवसायीले २६ गते बुधबार र २७ गते बिहीबार सामसुङ कम्पनीको मोबाइल बिक्री नगर्ने निर्णय गरिएको नेपाल मोवाइल व्यवसायी महासंघ पोखराका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो । उहाँका अनुसार व्यवसायीहरुले सामसुङ कम्पनीको मोेबाइल बिक्री गर्दा बिक्रेतालाई दिने कमिसन बढाउनुपर्ने माग रहेको छ ।

सुवेदीका अनुसार गण्डकीका व्यवसायीले २८ र २९ गते सामसुङका प्रमोटरलाई फिर्ता पठाउने भएका छन् । ‘संवादको ढोका खुला राख्दै केन्द्रको आह्वानअनुसार आन्दोलनमा उत्रिएका छौँ । चार दिनको आन्दोलनसम्म पनि माग सम्बोधन नभए थप कडा कदम चाल्न बाध्य हुनेछौँ ।’सुवेदीले भन्नुभयो ।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले संवादबाट समस्या सुल्झाउन पहल गरे पनि सामसुङ नेपालले बेवास्ता गरेको बताउनुभयो ।

Comments
Loading...