हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय नेपाल पुलिस क्लबकाबीच खेल हुँदैछ ।
चौविसौँ संस्करणको यस प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन आरटी फुटबल क्लब, अपी पावर चर्च ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुँदैछन् ।

यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र आयोजक सहारा क्लब गरी स्वदेशका नौ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी विदेशी टोली युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतियोगितामा सहभागी हुने अध्यक्ष बरालले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा ब्रिगेड ब्वाइज, आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज र आर्मी रहेका छन् भने समूह ‘बी’ थ्री स्टार, एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट, संकटा, र उजेकिस्तानको टोली रहेका छन्। सहभागीमध्ये दुई विदेशी टोली ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको टोलीसँगै थ्री स्टार र आर्मीले वाई पाएर सीधैँ क्वार्टरफाइनल खेल्नेछन्।
प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।
यसैगरी सो प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ ।प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफ्री पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीेले जानकारी दिनुभयो ।
प्रतियोगितमा रु एक करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख २० हजार खर्च हुने आयोजकले सहारा क्लबले जनाएको छ ।