हिमाली आवाज । नेपाल राष्ट्र बैँकको गर्भनर नियुक्ति पेचिलो बनेको छ । सरकारले राष्ट्र बैँकमा गर्भनर रिक्त रहेको डेढ महिनाभन्दा बढी समय हुँदा समेत नियुक्त गर्न सकेको छैन ।
गर्भनर नियुक्तीलाई लिएर अहिले सरकारको नेतृत्व गरेको नेकपा(एमाले) र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसबीछ खटपट सुरु भएको छ । त्यसैगरी विचौलियाहरु समेत आफू अनुकुलको व्यक्तिलाई नियुक्तिका लागि लागि परेका छन् । यसैगरी मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद बैठकमा लामो समयदेखि रिक्त रहेको गभर्नर नियुक्त हुने आँकलन गरिएको थियो । तर सत्तारुढ प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच गभर्नर नियुक्तिमा सहमति जुट्न नसक्दा आजको बैठक बस्न नसकेको स्रोतले जनाएको छ । यसले दुई दलबीच गभर्नर नियुक्तिको विषयले नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच खटपट निम्ताएको छ । विचौलियाहरु समेत अहिले गर्भनर नियुक्तिमा खुलेर लागेका छन् ।
यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थशास्त्री तथा कांग्रेस कार्यकर्ता डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति बनेको थियो । तर अन्तिम समयमा यो विषयमा कुरामा खटपट आएको जनाइएको छ ।