पोखरामा ‘टिभिएस आइक्युब’को ग्रीन रेभोलुसन राइड

हिमाली आवाज । पोखराका लागि टीभीएस ब्राण्डको एक मात्र आधिकारिक वितरक स्क्वायर मोटर्स प्रालिले टीभीएसको विद्युतीय स्कुटर ‘टिभिएस आइक्युब’का ग्राहकहरूसँग आज ‘ग्रिन रेभोलुसन राइड’ सञ्चालन गरेको छ ।

पोखराको नयाँबजारस्थित टिभिएस सोरुमदेखी सुरु भएको आइक्युब ग्रीन रिभोलुसन राइडमा ५० जना राइडरको सहभागिता थियो।
यस राइडको मुख्य उद्देश्य पोखरामा आइक्युवलाई पहिलो रोजाइ बनाएका ग्राहकहरूलाई धन्यवाद दिन र वातावरणमैत्री सवारी साधनको प्रवद्र्धन गर्न आयोजित गरिएको स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनी प्रदूषण रोक्नमा पहल गर्नु समेत कार्यक्रमले सघाउ पुगेको छ ।

“टिभिएस आइक्युवलाई विश्वास र समर्थन गर्ने सबै ग्राहकहरूलाई धन्यवाद दिन यो राइड आयोजना गरिएको हो। ग्राहकहरूको निरन्तर समर्थनले नै यस ब्राण्डलाई पोखराको पहिलो रोजाइको इलेक्ट्रिक स्कूटर बनाएको छ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

१.६ मिलियन किलोमिटरको हरित यात्रा
नेपालभरि टिभिएस आइक्युव स्कूटरहरूले हालसम्म १.६ मिलियन किलोमिटर यात्रा पूरा गरेका छन् । जसले वातावरणमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पु¥याएको छ। यसले करिब छ हजार नयाँ रूख रोपेको बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पु¥याएको बताइन्छ ।

इलेक्ट्रिक सवारीमा रूपान्तरणको अवसर
इलेक्ट्रिक सवारीमा रूपान्तरण गर्न इच्छुक ग्राहकहरूका लागि, स्क्वायर मोटर्सले यही जेठ ११ देखी १६ गतेसम्म ‘एक्सचेन्ज मेला’ गर्ने कम्पनीका प्रवन्ध निर्देशक विनोज पोटेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी साधन साटेर नयाँ टिभिएस आइक्युव इलेक्ट्रिक स्कूटरमा आकर्षक अफरहरू सहित रूपान्तरण गर्न सक्नेछन्।

Comments
Loading...