उन्नति सहकारीको १७ औँ वार्षिकोत्सव : ३५ युनिट रगत संकलन

हिमाली आवाज । पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले यस अवसरमा आज आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।संस्थाको मुख्य कार्यालय नयाँबजार पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

सहकारीका अध्यक्ष राजेश रानाभाटले पहिलो रक्तदाता प्रशान्त पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष रानाभाटले संस्थाले रक्तदान लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको चर्चा गर्नुभयो ।
संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा वर्षेनी रक्तदान कार्यक्रम गर्दै आएको र यसलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिइने संस्थाका महाप्रवन्धक एवं कार्यालय प्रमुख भगवान भट्टराईले जानकारी दिनुभयो ।

रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव रेवति भण्डारी र सल्लाहकार क्या. कृष्णबहादुर थापाले समेत रक्तदानको महत्व र संस्थाका गतिविधिका बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...