माछापुच्छ्रेले पूर्वाधारलाई प्राथमिकता दिएर ल्यायो ६८ करोड बजेट(पूर्ण पाठ सहित)

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्र्ष २०८२।०८३ का लागि कूल ६७ करोेड ९९ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाको १७ औँ गाउँसभामा आज उपाध्यक्ष एवं राजश्व परामर्श समितिका संयोजक सीता अधिकारीले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर रकम विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार विकासमा रु ११ करोड ५० लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय सञ्चालनका लागि रु १० करोड ८० लाख १० हजार, सामाजिक विकास तर्फ चार करोड ९४ लाख ३३ हजार रकम छुट्टाइएको छ ।

यसैगरी आर्थिक विकासतर्फ दुई करोड ४४ लाख आठ हजार, संस्थागत विकास र सेवाप्रवाहतर्फ एक करोड ६४ लाख ५० हजार, वडागत बजेट रु पाँच करोड ४० लाख, सशर्त अनुदान रु २७ करोड ९६ लाख र अन्य फिर्ता गर्नुपर्ने रकम रु दुई करोड ३५ लाख रहेको छ ।

गाउँपालिकाले कृषि उत्पादन ढुवानीमा कृषकलाई यसवर्षदेखी अनुदान दिने भएको छ । सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

त्यसैगरी महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमुलक कार्यक्रम गर्ने, पर्यटन विकास,पर्यटन पूर्वाधार तथा स्वास्थ्यका विभिन्न कार्यक्रमहरुका लागि बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा उपाध्यक्ष सीता अधिकारीबाट प्रस्तुत बजेट तथा कार्यक्रमकाे पूर्ण पाठ यस प्रकार छ । 

Comments
Loading...