हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाले आन्तरिक रोजगारी वृद्धिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आगामी वर्षका लागि रु ६० करोड ५० लाख २० हजार बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले आज गाउँसभामा आगामी आवको बजेट कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
मादीमा नेपाली(काँग्रेस) र नेकपा(एमाले)का गाउँसभा सदस्यहरुको बीचको विवादका कारण गत असार १० गते बजेट प्रस्तुत हुन सकेको थिएन । दलहरुबीच सहमतिपछि एक साता ढिला गरी बजेट प्रस्तुत गरिएको हो ।
गाउँपालिकाले रोजगारी बढोत्तरीका लागि रोजगार आयोजना सञ्चालनका लागि रु २५ लाख ७२ बजेट बजेट छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । पालिकाभित्र लघु तथा घरेलु उद्यमको विकासका लागि युवा लक्षित कार्यक्रम सञ्चालमा जोड दिइएको छ । यसैगरी कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
बजेटमा संघीय सरकारको तर्फबाट प्राप्त वित्तीय समानीकरण तर्फको अनुदान रकम रु १० करोड २२ लाख, राजश्व बाँडफाँड तर्फको अनुदान रकम रु ११ करोड ३९ लाख ४९ हजार, सशर्त तर्फ चालु खर्च रु २५ करोड ५९ लाख तथा पुँजीगत तर्फ रु दुई करोड १० लाख तथा विशेषतर्फ रु ७२ लाख गरी कूल रु ३० करोड ८८ लाख रहेको छ ।
यसैगरी आन्तरिक आय रु चार करोड ५८ लाख ७२ हजार अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारको वित्तिय समानीकरणको रु एक करोड १२ लाख ४७ हजार,राजश्व बाँडफाँडबाट रु एक करोड १५ लाख ६६ हजार र विशेष र समपुरक गरी रु एक करोड अनुमान गरिएको छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु १५ करोड ५० लाख ४० हजार विनियोजन गरिएको छ । नेपाल सरकारको सर्शत कार्यक्रमका लागि रु २८ करोड ४० लाख ६२ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ९६ लाख ९१ हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
गाई भैसी नयाँ पकेट विकास कार्यक्रमको लागि रु २५ लाख विनियोजन गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण सहयोग कार्यक्रमको लागि रु २० लाख ५० हजार विनियोजन गरिएको छ ।
व्यवसायिक र गुणस्तरीय कृषिको विकास तथा आन्तरिक रोजगारीको बढोत्तरीलाई बजेटमा प्राथमिकता दिइएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
मादीकाे बजेटकाे पूर्ण पाठ यसप्रकार छ।