पोखरामा विद्युतीय सवारी चालकहरुलाई प्राविधिक प्रशिक्षण र ट्राफिक सचेतना

हिमाली आवाज । पोखरामा आज विद्युतीय सवारी चालकहरूलाई प्रविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सीजी मोटर्स र टी.टी. ईभी रिभोलुशनले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की संगको समन्वयमा सो कार्यक्रम आयोजना गरेको हो ।
विद्युतीय सवारी चालकहरूका लागि प्रविधिक प्रशिक्षण सहित ट्राफिक सचेतना प्रदान गर्नका लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा चार सय भन्दा बढी व्यावसायिक चालकहरू तथा यातायात व्यवसायीको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले सडक सुरक्षामा योगदान पु¥याउने, बिक्रीपछिको सेवा अभिवृद्धि गर्ने र जिम्मेवार चालक व्यवहारलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको टिटी इभी रिभोलुसनले जनाएको छ।

‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम, र सुरक्षाबारे सचेत गराउनुका साथै स्वच्छ र सुरक्षित भविष्य निर्माणतर्फ सकारात्मक सन्देश दिएको थियो । साथै, इभीको रेंज, ब्याट्री लाइफ र मर्मतसम्भार सम्बन्धी सुझावहरू पनि दिइएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेले सडक लेन पालना गरी जिम्मेवार भएर सवारी चलाउन आग्रह गर्नुभयो । उहाँले सवारी चलाउँदा मोवाइल फोनका कारणले दुर्घटना हुने गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा सीजी मोटर्सका आफ्टर–सेल्स डिपार्टमेन्टका डेपुटी म्यानेजर अशोक पंगेनी, टीटी ईभी रिभोलुशनका कर्मशियल हेड श्रीधर पराजुली तथा गण्डकी प्रदेशका १८ यातायात व्यवसायी समितिका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

Comments
Loading...