पोखराका नविन पौडेलको एनआरएनए अष्ट्रेलियाको सचिवमा उम्मेदवारी घोषणा

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं २८ कालिका बिमिरापानीका नवीन पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको आगामी कार्यकाल २०२५–२०२७ का लागि पौडेलले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आगामी जुलाई २६ मा हुने एनआरएनए एसीटी निर्वाचनका लागि पौडेलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउनुभयो ।
पौडेल लामो समयदेखि अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली समुदायसँग घनिष्ठ रूपमा जोडिएका अभियन्ता हुनुुहुन्छ । उहाँले अष्ट्रेलियन नेप्लिज फरमली सोसाइटी मा २०१७ देखि २०१९ सम्म आइटी सहयोगीको रूपमा गर्नुभयो । यसैगरी २०२० देखि २०२२ सम्म युवा तथा विद्यार्थी संयोजकको भूमिका निर्वाह गर्नुभयो । उहाँ पछिल्ला दुई निर्वाचनमा एनआरएनए एसीटी निर्वाचन टोलीमा सक्रिय रूपमा सहभागी हुनुभयो । पौडेल क्यानबेराका सामाजिक गतिविधिमा निरन्तर सहभागी हुँदै आउनुभएको छ ।

क्यापिटल एजुकेशन एण्ड माइग्रेसन अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका पौडेल रजिष्ट्रेड माइग्रेशन एजेन्ट हुनुहुन्छ । यस भूमिकामा रहँदै उहाँले नवप्रवेशी आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई रोजगारी, तालिम तथा स्थायीत्व प्रक्रियामा सहजीकरण गर्दै आउनुभएको छ । यही अनुभवलाई समुदायको हितमा अझ सशक्त रूपमा प्रयोग गर्ने योजनाका साथ उम्मेदवारी दिएको पौडेलले बताउनुभयो ।
एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय पौडेलले यसपटक नेतृत्व तहमा पुगेर नेपाली समुदाय र मातृभूमिको समृद्धिमा योगदान पुर्याउने आफ्नो चाहना रहेको बताउनुभयो ।

पौडेलको मूल एजेन्डा एकता, वंशजलाई नेपाली नागरिकताको निरन्तरता, अष्ट्रेलियावासी नेपालीको सर्वोत्कृष्ट हित, र मातृभूमिको समृद्धिमा प्रवासबाट योगदान गर्ने रहेको छ। प्रचारप्रसारभन्दा परिणाममुखी कार्यशैलीमा विश्वास राख्ने पौडेल क्यानबेराको नेपाली समाजमा एक बौद्धिक र सालिन अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।

Comments
Loading...