हिमाली आवाज । पोखराको अत्याधुनिक वरपिपल रिसोर्टले आफ्नो छैंटौं बार्षिकोत्सवको मनाएको छ ।रिसोर्टले वाषिेकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम , सम्मान तथा विद्यार्थीहरुलाई पोशाक वितरण गरेर कार्यक्रम मनाएको हो ।
लमजुङ दोर्दी गाउँपालिकाको लक्ष्मी माविमा बिद्यार्थीहरुलााई खेल पोशाक सहित शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गरेको छ । रिसोर्टले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत बिद्यालयमा १ सय २० जनालाई ट्याकसुट तथा टिसर्ट साथमा कपी सहयोग गरेको हो ।रिसोर्टको वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा स्थापनाकालदेखि सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, परशुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायक राम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय, चिन्मे विश्वास रहनु भएको छ ।
यस्तै, साउनका लागि उत्कृष्ट स्टाफ लेखा शाखाका होमनाथ पराजुली सम्मानित भएको रिसोर्टका एचआर प्रमुख बुद्धिबहादुर ठकुरीले जानकारी दिनुभयो । उहाँहरुलाई रिसोर्टका अध्यक्ष अमरजंग (जितु) गुरुङ, रिसोर्टका संचालक शिला गुरुङ, आवासिय प्रबन्धक पदमप्रसाद न्यौपाने लगायतले सम्मान गर्नु भएको हो ।
सुविधा सम्पन्न रिसोर्टमा हाल ४५ वटा रुम रहेको र अतिथिको स्वागतमा सधैँ तयार रहेको रिसोर्ट संचालक जितु गुरुङले बताउनुभयो । ४५ मध्ये एक्जुकेटिभ स्वीट रुम १, जुनियर स्वीट रुम ३, सुपर डिलक्स ९ र बाँकी डिलक्स रुमहरु रहेको रिसोर्टले जनाएको छ ।