हिमाली आवाज । नेपालमा हुन्डाई गाडीहरूको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले यही भदौ २ गतेदेखी बहुप्रतीक्षित चाडपर्व योजना “दशैं तिहार १० गुणा उपहार” सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूका लागि आकर्षक अफर र विशेष लाभहरू रहेका छन् ।
अभियानअन्तर्गत हुन्डाई पोखराले बुद्ध चोकमा रहेको सोरुममा यही भदौ ७ र ८ गते ‘एक्सपेरियन्स ड्राइभ’र ‘एक्सचेन्ज क्याम्प’आयोजना गरेको छ । यस अभियानमा ग्राहकहरूले हुन्डाईका गाडीहरूको प्रत्यक्ष अनुभव लिने अवसर पाउने हुण्डाइ पोखराका सेल्स तथा अपरेशन इन्चार्ज भिमसिँह खत्रीले हिमाली आवाजलाई जानकारी दिनुभयो । यस योजनाअनुसार, ग्राहकहरूले रु आठ लाखसम्म नगद छुट र स्क्र्याच कार्ड मार्फत रु १० लाख सम्म जित्न सक्नेछन् ।
साथै, ग्राहकहरूले रु २० हजार सम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क बीमा र सडक करको सुविधा पनि पनि पाउने इन्चार्ज खत्रीले जानकारी दिनुभयो ।
हुण्डाइले सबै हुन्डाई गाडीहरूमा ३ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङको सुविधा रहेको जनाएको छ । गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रति हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाउने योजना रहेको बताइन्छ ।
हुन्डाई नेपालले गाडी मन पराउने सबैलाई र नयाँ गाडी किन्ने सोचमा भएकाहरूलाई बुद्ध चोक, पोखरा मा रहेको हुन्डाई सोरुममा आएर यो अवसरको फाइदा उठाउन अनुरोध समेत गरेको छ ।