हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा विहिवारदेखि महोत्सव सुरु भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका विच गमलामा पानी राख्नुका साथै पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले यो महोत्सवबाट ज्ञान लिदैं आगामी महोत्सवमा के लाई महोत्सवको विशेष आकर्षण बनाउने हो तय गनुपर्नेमा जोड दिनुभयो । आचार्यले महोत्सवले भरतपोखरीका जातजाती, भाषा, संस्कृतिलाई एकत्रित गर्न सकोस् भनी शुभकामना दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा महोत्सवले त्यस क्षेत्रका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने, विभिन्न समुदाय र जनजातिहरूलाई एकै मञ्चमा ल्याएर आपसी समझदारी र सहकार्य बढाउँने तथा स्थानीय उत्पादन, हस्तकला, परिकार र पर्यटन गतिविधिलाई बजारसँग जोड्ने अवसर प्रदान गरेको बताउनुभयो। महोत्सवमा विभिन्न बस्तु तथा सेवाका स्टलहरुका साथै महोत्सवमा फेन्सी, गार्मेन्ट, भाँडा,कृर्षि,बैक बित्तिय, रेष्टुरेण्ट लगायतका१०० बढी स्टलहरु रहेका छन् ।
रत्यौली तर्फ २४ समूह रहेका छन् भने विद्यालयस्तरीय नृत्य समेत रहने आयोजकले जनाए । स्थानीय आमा समूह,टोल विकास लगायतले झाँकी ¥याली प्रस्तुत गरेका थिए भने कलाकार रामजी पौडेल लगायतको प्रस्तुति रहेको कार्यक्रममा समाजसेवी केशरप्रसाद निर्दोषी, वडा सदस्यहरु राजनैतिक दलका प्रतिनिधिहरु लगायतले शुभकामना दिएका थिए । शुभतारा युवा क्लब सामाजिक, सांस्कृतिक तथा युवकहरूमा चेतना प्रवद्र्धन गर्न २०७० साल स्थापित संस्था हो। भदौ १९ देखि सुरु भएको महोत्सव ३० गतेसम्म सञ्चालन हुने भएको छ ।