पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा एन कुमार साइ निर्वाचित‌ (मत परिणाम सहित)

हिमाली आवाज । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। पदाधिकारीदेखि सञ्चालकसम्मको परिणाम सार्वजनिक गरिएको हो ।

जसअनुसार अध्यक्षमा एन कुमार साई विजयी हुनुभएको छ । उहाँले ६०८ मत प्राप्त गरी विजयी हासिल गर्नुभयो । अध्यक्षका प्रत्याशी विज्ञान प्रसाद श्रेष्ठले ५२४ मत ल्याउनुभयो ।

सञ्चालक पदमा भने हेमन्त मल्ल सर्वाधिक ८४० मत ल्याउँदै विजयी हुनुभयो । उहाँसँगै जय प्रसाद शर्माले ७२३ मत, मेघराज त्रिपाठी ७२३ मत, अशोककुमार चौधरी ६८० मत ल्याएर विजयी हुनुभयो ।

त्यस्तै, कृष्णप्रसाद पौडेलले ६५९ मत, जसबहादुर गुरुङले ६२४ मत, बाबुराम दवाडी (साइँला)ले ६१५, ज्ञान बहादुर केसी (ज्ञानु सर)ले ५६६ मत, काशी शर्मा न्यौपाने (रामु)ले ५३६ मत र लक्ष्मी प्रसाद पौडेलले ५३४ मत ल्याउँदै कम्पनीको सञ्चालक सदस्यमा निर्वाचित हुनुभएको पृथ्वीराजमार्ग बस कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार थापाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

यसैगरी क्षेत्रीय संयोजकमा बुद्धिप्रसाद घिमिरे(बेशीशहर), इन्द्रप्रसाद गुरुङ(धौलागिरी) विजयी हुनुभयो । क्षेत्रीय सदस्यहरु खोमबहादुर थापा, रामप्रसाद भट्ट, विक्रम थापा, चिरञ्जिवि रेग्मी, भानुभक्त न्यौपाने, सुमनकुमार श्रेष्ठ र सुजन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

कम्पनीको नयाँ नेतृत्वको चयनसँगै कम्पनीको आगामी कार्यसमितिले बस व्यवसायलाई अझ सुदृढ बनाउने अपेक्षा यातायात व्यवसायीको छ ।

Comments
Loading...