लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृत्व

हिमाली आवाज । पोखराको लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा जानुका पराजुली निर्वाचित हुनुभएको छ । यससँगै संघले पहिलो पटक महिला नेतृत्व पाएको हो ।

संघको   १५ आँै महाधिवेशनबाट जानुका र उहाँको प्यानलले संघको निर्बाचनमा कार्यसमितिको पदाधिकारी तर्फमात्र नभएर कार्यसमितिको सबै सदस्यहरुमा पनि ‘क्लिन स्विप’ गर्न सफल भएको छ ।

जानुकाले आफ्ना प्रतिद्वन्दी राजेन्द्र ओझालाई १ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै अध्यक्षमा निर्बाचित हुनुभयो । उहाँ यस अगाडी संघको महासचिव हुनुहुन्थ्यो । राजेन्द्र संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।

संघको नयाँ कार्यसमितिको लागि भएको निर्बाचनमा अध्यक्षमा बिजयी जानुकाले ९ सय ९६ मत र राजेन्द्रले ८ सय ३३ मत मात्र प्राप्त गर्नुभयो ।
संघको बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९ सय ६६ मत पाएर विजयी हुँदा प्रत्याशी उपेन्द्रराज सुबेदी (राजु)ले ८ सय ५३ मतमा पाउनुभयो ।

प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर बिजयी बन्दा उहाँका प्रत्याशी मेनुका श्रेष्ठले ६ सय ७४ मत ल्याउनुभयो ।
संघको द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आइडी) विजयी हुनुभयो । उहाँले १ हजार २ सय १८ मत पाउँदा उहाँका प्रतिद्वन्दी धिरज कुमार श्रेष्ठले ६ सय ३ मत मात्र ल्याउनुभयो ।

संघको महासचिब भरतराज ओझाले ९ सय ५५ मत पाएर बिजयी बन्दा प्रत्याशी जीवन तिवारीले ८ सय ७६ मत प्राप्त गर्नुभयो ।
संघको उपमहसचिब पदमा गङ्गाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्बाचित हुनुभयो । प्रत्याशी लक्ष्मी प्रसाद ढुंगानाले ७ सय ६६ मत मात्र पाउनुभयो ।

कोषाध्यक्षमा हरि वस्ताकोटी १ हजार २७ मत पाउँदा प्रतिद्वन्दी टिकाराम सापकोटाले ७ सय ७८ मत ल्याउनुभयो ।
संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट दयाराज भण्डारी बिजयी हुनुभयो ।

सदस्यहरुमा सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर हुनुभयो ।
यसैगरी दीपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी हुनुभयो । यसैगरी कार्यसमितिको दुईजना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एबम गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी हुनुभएको छ ।

Comments
Loading...