हिमाली आवाज । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिनुभएको छ ।

ओलीले केहीबेरअघि राजीनामा दिनुभएको हो । उहाँले राजनीतिक निकास र समस्या समाधानका लागि पहल गर्न भन्दै राजीनामा दिएको घोषणा गर्नुभयो ।
’२०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६÷२ अनुसार नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजीनामा दिएको छु।’ ओलीले भन्नुभएको छ ।