हिमाली आवाज । पोखरामा टिभिएस आइक्युब इलेक्ट्रिक स्कुटरका दुई नयाँ स्कुटर लन्चिङ गरिएको छ । टिभिएको कास्की जिल्लाको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले आइतबार साँझ भव्य कार्यक्रमका साथ टिभिएस आइक्युव ३ र टिभिएस आइक्युव ३.५ सार्वजनिक गरेको हो ।
जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाइफ टाइम ब्याट्री एस्योरेन्सको साथ यी दुई स्कुटर विक्री सुरु गरिएको हो । व्याट्रीको टिकाउपन, वारेन्टी र लागतको विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब सार्वजनिक गरेको जनाएको छ ।
टिभिएस आइक्युब ३ को मूल्य रु ३ लाख २४ हजार नौ सय रहेको छ । दशैँमा विशेष छुट सहित रु तीन लाख १४ हजार नौ सयमा उपलव्ध हुने स्क्वायर्स मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार टिभिएस आइक्युव ३.५ को दशैँ छुट सहित रु तीन लाख ३९ हजार नौ सयमा विक्री गरिनेछ । यस कम्पनीले रु २० हजार छुट प्रदान गरेको छ ।

कम्पनीका अनुसार विश्वमा टिभिएस आइक्युबका करिब ३ लाख ग्राहकहरूले करिब १ दशमलव ९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन्, भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।
कार्यकारी अध्यक्ष श्रेष्ठले अटोको इतिहासमा पहिलोपटक आइक्युब इलेक्ट्रिक स्कुटर पोखराबाट सार्वजनिक गर्न पाउँदा ऐतिहासिक भएको बताउनुभयो ।“ यसअघि पहिलो पटक अधिकाँस प्रडक्ट काठमाडौँबाट सार्वजनिक हुने गरेको थियो । तर हामीले इतिहासमा पहिलोपटक पोखराबाट आइक्युव लन्चिङ गरेका छौँ । हामी उत्साहित छौँ ।” श्रेष्ठले भन्नुभयो ।
स्क्वायर्स मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले चाडपर्वको मौसमलाइै अझ फलदायी बनाउन टिभिएस आइक्युवमा एक्सचेञ्ज सुविधा र फाइनान्सको योजनाहरु रहेको बताउनुभयो । साथै चार जना विजेताहरुलाई रु ५० हजारका दरले लक्की ड्र नगद फिर्ता हुने बताउनुभयो । पोटेले भन्नुभयो, ‘हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एस्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आइक्युबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् ।’