हिमाली आवाज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तान गर्न सूचना जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू खारेज गरिएको उल्लेख गरेको छ ।
’२१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ’ सूचनामा भनिएको छ ।
तोकिएको समय सीमाभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने चेतावनी समेत प्राधिकरणले दिएको छ ।