पोखरामा ‘ग्यालेक्सी युनिसेक्स सैलुन’: अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य सेवा, पहिलो वर्षमै सफलता र विस्तारको योजना

हिमाली आवाज ।  पोखरा–५, जिरो किमीमा अवस्थित अन्तर्राष्ट्रिय स्तरको ग्यालेक्सी युनिसेक्स सैलुनले आफ्नो पहिलो वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। करिब एक करोड रुपैयाँको लगानीमा गत बर्ष स्थापना गरिएको यो सैलुनले स्थापनाको छोटो अवधिमै सौन्दर्य सेवा क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको छ।

वार्षिकोत्सवको अवसरमा सैलुनले ग्राहकहरूका लागि ३५ देखि ५० प्रतिशतसम्म छुटसहितका आकर्षक अफर सार्वजनिक गरेको छ। सैलुनकी प्रबन्ध निर्देशक शोभा अधिकारी खनालका अनुसार, ग्यालेक्सी सैलुनको उद्देश्य केवल सौन्दर्य सेवा प्रदान गर्नु मात्र नभई ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय अनुभव दिलाउनु हो।

उनले भनिन्, “हामीले विदेशमा सिकेका सीप र अनुभव अब आफ्नै भूमिमा प्रयोग गर्ने संकल्पका साथ यो सैलुन सुरु गरेका हौं।” उनका अनुसार निकट भविष्यमै ‘ग्यालेक्सी ब्युटी एकेडेमी’ सञ्चालन गर्ने तयारी भइरहेको छ। खनालले दुबईमा करिब १५ वर्षदेखि आफ्नै सैलुन सञ्चालन गर्दै आएको अनुभवसँगै अब स्वदेशमै फरक र आधुनिक प्रविधि भित्र्याउने उद्देश्यले अन्य पाँच लगानीकर्तासँग मिलेर यो सैलुन स्थापना गरेकी हुन्। सैलुनमा हेयर कटिङ, कलर, स्पा, केराटिन, बोटक्स, मोरक्को बाथ, फेसियल, थेरापी, स्किन केयर, नेल आर्ट लगायतका सम्पूर्ण अत्याधुनिक सेवा उपलब्ध छन्।

महिला र पुरुष दुबैका लागि एउटै ठाउँबाट सम्पूर्ण सौन्दर्य सेवा पाइने यो सैलुन पोखराको सौन्दर्य जगतमा नयाँ मानक बनेको छ। सैलुनले हालसम्म ४० जना युवायुवतीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेको छ। साथै, यहाँबाट अन्तर्राष्ट्रिय ब्रान्डका हेयर र स्किन केयर प्रोडक्टहरू समेत बिक्री वितरण हुँदै आएको छ।

खनालका अनुसार, निकट भविष्यमा सैलुनका शाखा काठमाडौं र बुटवलमा विस्तार गर्ने योजना बनाइएको छ। साथै, युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगारमा प्रोत्साहित गर्ने दीर्घकालीन योजना समेत रहेको बताइन्। उत्कृष्ट साजसज्जा, आधुनिक उपकरण र दक्ष जनशक्तिसहितको ग्यालेक्सी युनिसेक्स सैलुन पोखराको जिरो किमीबाट घरेलु मार्गतर्फको बाटो छेउमै अवस्थित छ। आधुनिक प्रविधि र गुणस्तरीय सेवाका कारण यो सैलुनलाई पोखराको सौन्दर्य क्षेत्रको नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।

Comments
Loading...