हिमाली आवाज । पोखरा महानगरपालिका–३१ स्थित कोट देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ७ औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन भएको छ । अधिवेशनले विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा श्रीकृष्ण तिवारी,सचिव केशवराज तिवारी,सहसचिव सुधा थापा र कोषाध्यक्ष निरन्जन विश्वकर्मा चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा दुर्गा अधिकारी, यूनिषा अधिकारी, शुरेस कोईराला, चन्द्रकान्त वास्तोला रहनुभएको छ । लेखा संयोजकमा दिनेश गौतम र सदस्यहरुमा सन्तोस अधिकारी र टीकाराम लामिछाने चयन हुनुभयो ।

सहकारीका नवनिर्वाचित अध्यक्ष लामिछानेले संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट संस्थाका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“कोट देउराली सहकारी यस क्षेत्रकै नमूना रहेको छ । आगामी दिनमा मेरो नेतृत्वमा सबैले गर्व गर्ने र प्रदेशकै नमूना बनाउने अठोट लिएको छु ।”
यसअघि साधारणसभा तथा तेस्रो अधिवेशनको अध्यक्षता सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटा भाटले गर्नुभएको थियो । साधारणसभामा सचिव विष्णु प्रसाद लामिछानेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष निरन्जन विश्वकर्माले वित्तीय प्रतिवेदन गर्नुभएकामा सभाले पारित गरेको छ । यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक गणेश सापकोटले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
जिल्ला सहकारी सघका अध्यक्ष दिपक वास्तोला र लेखनाथ उद्योग वाणिज्य संघ का प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले सहकारी प्रशिक्षण दिनुभयो ।यसैगरी साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित शेयर सदस्य वचत तर्फ विष्णु माया तिवारी,तारा थापामगर,नवराज तिवारी ऋण तफ कलावति भुर्तेल डिल वहादुर सापकोटा तरकारी उत्पादन सन्तोष अधिकारी कुखुरापालन दिपेन्द्र कडेल रहनुभएको छ ।
यसैगरी यूवा व्यवसायी चन्द्रकान्त वास्तोला यूवा व्यवसायी कल्पना रानाभाट तिवारी महिला उद्येगी शुशिला गुरुङ महिला उध्यमी सरिता रानाभाट लेखनाथ उद्योग वाणिज्य संघमा निर्वाचित शेयर सदस्य विरभद्र कंडेल,सुजन न्यौपाने,विन्दुचन्द्र बराल सम्मानित हुनुभयो ।


