स्याङ्जामा पहिलो संस्करणको ‘खुमा अर्याल लिग’ रनिङ कप टि ट्वान्टी क्रिकेट हुने

हिमाली आवाज । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा प्रथम खुमा अर्याल कप टि–२० रनिङ कप क्रिकेट हुने भएको छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगपालिका सहकार्य र जिल्ला क्रिकेट संघ स्याङ्जाको प्राधिविक सहयोगमा पालिका स्तरीय प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट यहि माघ २ देखि १० गतेसम्म गर्न लागेको हो ।

जिल्लाको समग्र खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।
टि–२० क्रिकेटको राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला टिम छनौट गर्ने, स्याङ्जा सदरमुकामलाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने लगायतका महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतियोगितामा अण्डर सिक्सटिनको एक र अण्डर नाइनटिनका दुई खेलाडी एक टिममा अनिवार्य खेलाउनु पर्ने नियम आयोजकले बनाएको छ भने खेलमा दुई खेलाडी राष्ट्रिय तथा अन्र्तराष्ट्रि स्तरका सहभागिता गराउन पाइने छ ।
नौँ दिन चल्ने खेलमा स्याङ्जाका ११ पालिका मध्ये नौ पालिकाको सहभागी रहने पक्का भएको बताउदै शर्माले दुई सय ५० खेलाडीको सहभागीता हुने विश्वास आयोजकले गरेको छ ।

कप विजेताले दुई लाख रुपियाँ, महत्वपूर्ण बहुमुल्य रत्न सुन तथा चाँदी जडित र आठ लाख रुपियाँमा निर्माण भएको रनिङ शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

यस्तै उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय स्थान हात पार्ने पालिकाले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०÷१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।प्रतियोगिता सञ्चालनको लागि ६४ लाख नौ हजार सात रुपियाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

Comments
Loading...